अभिनेत्री दीया पुनले गरिन् विवाह
आइतबार, १३ माघ २०८१, २१ : २८

काठमाडौँ । अभिनेत्री दीया पुन विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी रुक्मान लामासँग तामाङ परम्परा अनुसार विवाह गरेकी हुन् ।
उनीहरुको विवाह समारोह चितवनको भरतपुरमा आयोजना भएको थियो । विवाह समारोहमा दुवै तर्फमा नजिकका आफन्त र साथीभाइको सहभागिता थियो ।
दुबैजनाले विवाहको जानकारी इन्स्टाग्राम मार्फत दिएका हुन् । दीया र रुक्मानले ३ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइन्छ ।
‘वीर विक्रम’बाट फिल्म अभिनयमा डेब्यु गरेकी दीयाले मिस्टर झोले, मन्त्र, अन्तिम संस्कार र दयारानी लगायत फिल्म अभिनय गरेकी छन् । उनी अभिनीत फिल्म ‘एक्लो’ रिलिज तयारीमा छ । दीया पर्वतारोही पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिगत भिडियो सार्वजनिक गर्छु भन्दै पैसा माग्ने दुई जना पक्राउ
-
११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
-
अमेरिका र युके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
-
इजरायली आक्रमणपछि अमेरिकासँगको आणविक वार्ता ‘अर्थहीन’ : इरान
-
आईसीसीद्वारा दुई बलसम्बन्धी नियम र कन्कसन प्रोटोकल परिवर्तन
-
इजरायलको समर्थन गरेमा अमेरिकी, बेलायती र फ्रेन्च सैन्य अड्डाहरूमा हमला गर्ने इरानको चेतावनी