निलम्बित सचिव पाण्डेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा पेसी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको मुद्दा आज पनि पेसी तोकिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा उनको मुद्दा पेशी तोकिएको हो ।
आइतबार पनि पाण्डेको मुद्दा प्रधान न्यायाधीशकै इजलासमा पेसी तोकिएको थियो । तर हेर्न नमिल्ने भएपछि स्थगित भएको थियो। आज पनि उक्त मुद्दा हेर्न नमिल्ने हुने देखिन्छ । पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यस विरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् ।
उनी पहिलो अभियोग पत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोग पत्रमा पूर्व मन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान कार्यान्वयन गर्न पार्टीहरु इमान्दार हुनुपर्छ : कृष्णगोपाल श्रेष्ठ
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
-
बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न
-
प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो
-
एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’