निलम्बित सचिव पाण्डेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा पेसी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको मुद्दा आज पनि पेसी तोकिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा उनको मुद्दा पेशी तोकिएको हो ।
आइतबार पनि पाण्डेको मुद्दा प्रधान न्यायाधीशकै इजलासमा पेसी तोकिएको थियो । तर हेर्न नमिल्ने भएपछि स्थगित भएको थियो। आज पनि उक्त मुद्दा हेर्न नमिल्ने हुने देखिन्छ । पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यस विरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् ।
उनी पहिलो अभियोग पत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोग पत्रमा पूर्व मन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण