युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
मस्को । रुस–युक्रेनबिच २०२२ को फेब्रुअरीदेखि चलिरहेको युद्ध समाप्त हुने कुनै छाँटकाँट छैन । दुवै देशका सेना एक अर्काको भूभाग कब्जा गर्न निरन्तर अगाडि बढिरहेका छन् । अब रुसले पूर्वी युक्रेनको सहरमाथि रणनीतिक कब्जा दाबी गरेको छ ।
रुसले देशको औद्योगिक क्षेत्रमा कीभको पकड कमजोर पार्न आफ्नो प्रयास निरन्तर जारी रहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले पूर्वी युक्रेनको बस्ती भेल्का नोभोसिल्काको पतनको घोषणा गरेको छ ।
युद्धअघि यहाँ करिब पाँच हजार मानिसहरू बस्थे । तर युक्रेनले पनि आफ्ना सेनाहरू केही क्षेत्रहरूबाट मात्र पछि हटेको बताएको छ । रुसको दाबी पुष्टि भयो भने भेलिका नोभोसिल्का २०२५ मा मस्कोसमक्ष आत्मसमर्पण गर्ने पूर्वी डोनेट्स्क क्षेत्रको पहिलो महत्त्वपूर्ण सहर बन्नेछ । मिडिया रिपोर्टहरूका अनुसार पूर्वी युक्रेनमा घेराबन्दीबाट बच्न युक्रेनी सेनाहरू भेलिका नोभोसिल्काको केही भागबाट पछि हट्नु परेको थियो ।
युक्रेनी ब्रिगेडले तोपखाना र ड्रोनको हिसाबले आफ्नो शक्ति लगभग रुसी सेनाको बराबर भएको बताएको छ, तर जनशक्तिको हिसाबले रुससँग ठुलो सङ्ख्यामा सेना रहेको बताइएको छ ।
मौसमको अवस्था र घेराबन्दीको खतराका कारण आफ्ना सैन्य एकाइहरू केही क्षेत्रहरूबाट पछि हटेको उसको भनाई छ । यसको मतलब आफूहरूले सहर पूर्ण रूपमा छोडेको भन्ने चाहिँ नभएको युक्रेनी ब्रिगेडको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण