'पार्टी विघटन भएको छैन, कार्यक्रमहरु सञ्चालन भइरहेका छन्'
सोमबार, १४ माघ २०८१, १६ : ५९
काठमाडौँ । श्रमिक कम्युनिस्ट पार्टीको नेपालका केन्द्रीय संयाेजक पूर्ण बहादुर सिंह समरजंगले पार्टी विघटन नभएको बताएका छन् । पार्टी विघटन भएको भनेर आइतबार जारी एक विज्ञप्तिलाई खारेज गर्दै उनले गैरराजनीतिक षड्यन्त्रकारी घुसपैठियाहरूले अनावश्यक भ्रम फैलाएको बताएका छन् ।
उनले सोमबार जारी गरेको विज्ञप्तिमा पार्टीको निर्णयअनुसार सम्पूर्ण कार्यक्रमहरु सञ्चालन भइरहेको उल्लेख गरिएको छ । यस्तै उनले पार्टी राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको समेत बताएका छन् ।
विज्ञप्तिमा पार्टी पङ्क्तिलाई एकताबद्ध भई नियमित कार्यमा डट्न र भ्रममा नपर्न समेत अपिल गरिएको छ ।
विज्ञप्ति हेर्नुहोस्-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण