बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

इन्डोनेसियालाई ३८ अर्ब भारुको मिसाइल बेच्दै भारत

सोमबार, १४ माघ २०८१, १७ : १८
सोमबार, १४ माघ २०८१

नयाँ दिल्ली  । रक्षा क्षेत्रमा भारत आत्मनिर्भर बन्दै गएको छ । भारतमा बनेका रक्षा उपकरणहरू (क्षेप्यास्त्रहरू) ठुलो मात्रामा निर्यात भइरहेका छन् । 

यसै क्रममा, भारतले ‘मेड इन इन्डिया’ ब्रह्मोस मिसाइलको निर्यात सम्झौतालाई अन्तिम रूप दिएको छ । भारतले इन्डोनेसियासँग लगभग ३८ अर्ब भारु अर्थात् झन्डै ४५ करोड डलर बराबरको ब्रह्मोस मिसाइल बेच्ने सम्झौतालाई अन्तिम रूप दिएको हो । यो सम्झौतालाई रक्षा क्षेत्रमा भारतको बढ्दो आत्मनिर्भरताको रूपमा हेरिएको छ ।

यसअघि भारतले फिलिपिन्सलाई पनि ब्रह्मोस मिसाइल बेचेको थियो । भारतको गणतन्त्र दिवसमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो विशेष अतिथि थिए । उनीसँगै भारत आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले आइतबार ब्रह्मोस एयरोस्पेस मुख्यालयको भ्रमण गरेको थियो । दुई देशबिच मिसाइल प्रणालीको विषयमा वार्ता भइरहेको समयमा इन्डोनेसियाका राष्ट्रपतिको भारत भ्रमण भएको हो ।

दुई पक्षहरू लगभग ४५ करोड डलर बराबरको सम्झौताको सहमतिमा पुगेका छन् । इन्डोनेसियाली नौसेनाका प्रमुख एडमिरल मुहम्मद अलीको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले ब्रह्मोस एयरोस्पेसको भ्रमण गरेको भन्दै ब्रह्मोस एयरोस्पेसले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा लेखेको छ । 

उनले डा. जय तीर्थ आर. जोशी र अन्य वरिष्ठ अधिकारीहरूलाई पनि भेटेको बताइएको छ । यस क्रममा प्रतिनिधिमण्डललाई सुपरसोनिक ब्रह्मोस हतियार प्रणाली र यसको शक्तिशाली क्षमताबारेमा जानकारी गराइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप