सोनाम ल्होछारको तयारी पुरा
काठमाडौँ । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको तयारी पुरा भएको छ । मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार भव्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं भन्ने मुल नाराका साथ काठमाडौँस्थित टुँडिखेलमा मनाईने ल्होछारको तयारी पुरा भएको हो ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सोनाम ल्होछार मुल आयोजक समितिले यस वर्ष पनि हर्षोउल्लासका साथ ल्होछार मनाउनका लागि तयारी पुरा भएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै तामाङ घेदुङका महासचिव जगत दोङले मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा ताम्बा, लामा, बोन्बोद्धारा पुजापाठ तथा शुभकामना आदानप्रदान गरेर ल्होछार सुरु हुने बताए ।
‘ल्होछार शहर, बजार, चोक र होटलमा मात्र पुग्यो, घर घरमा पुग्न सकेन भन्ने आरोप हामीलाई लाग्ने गरेको छ । हामी घर घरमा पनि ल्होछार मनाउँछौं । बिहिबार बिहानै आपाआमाको हातबाट टिका र आर्शिवाद लिएर ल्होछार मनाउन सुरु गछौं । ल्होछारको दिन टुँडिखेलमा राम्रै उपस्थिति हुन्छ भन्ने लागेको छ,’ महासचिव दोङले भने ।
तीन दिने सांस्कृतिक महोत्सवमा बुधबार टुँडिखेलमा राष्ट्रिय कलाकारहरुद्धारा सांस्कृतिक प्रस्तुति, पुजापाठ, र साँझ डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षको स्वागत स्वरुप ल्होछार इभ गरिनेछ ।
बिहिबार बिहान ११ बजेदेखि ताम्बा, लामा, बोन्बोको झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । दिउँसो १ बजेदेखि ल्होछारको उद्घाटन समारोह, शुभकामना आदानप्रदान, ख्यातीप्राप्त कलाकारद्धारा साँस्कृतिक प्रस्तुतिका साथ ल्होछार महोत्सव सम्पन्न हुनेछ ।
सो दिन स्टेजको दायाँबायाँ ताम्बा, लामा, बोन्बोको परम्परागत सामग्रीसहितको लाइभ स्टल रहनेछ । भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजाति सम्वन्धी पुस्तकहरु समेत राखिनेछ । ल्होछार माघ शुुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङ समुदायले पाँच दिनसमम भव्य रुपमा मनाउने प्रचलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण