वर्षाले खेल बिथोलेपछि दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणको खेलमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार खेलिने भनिएको अमेरिकाबिरुद्धको खेल रद्द भएसँगै दक्षिण अफ्रिका समूह विजेता बनेको हो ।
दक्षिण अफ्रिका र अमेरिकाबिचको खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा टससमेत हुन सकेन । त्यसपछि दुबै टोलीले एक–एक अंक बाँडे । चार खेल खेलेको दक्षिण अफ्रिका तालिकामा सात अंकसहित पहिलो भयो ।
दक्षिण अफ्रिका ‘सुपर–६’ चरणमा अपराजित रह्यो । चार खेलबाट ६ अंक बटुलेको इङ्गल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश ग¥यो । ‘सुपर–६’ चरणको ‘समूह–२’ मा अब एक खेलमात्र खेलिने बाँकी छ । अन्तिम खेल बुधबार आयरल्यान्ड र नाइजेरियाबिच खेलिने छ ।
हाल अंक तालिकामा चार खेल खेलेको अमेरिका तीन अंकसहित तेस्रो स्थानमा छ । तीन खेल खेलेको नाइजेरिया तीन अंकसहित चौथो, चार खेल खेलेको न्युजिल्यान्ड दुई अंकसहित पाँचौँ र तीन खेल खेलेको आयरल्यान्ड एक अंकसहित छैटौँ स्थानमा आसिन छन् ।
अन्तिम खेलमा आयरल्यान्डलाई हराए पनि नाइजेरियाको अंक पाँचमात्र पुग्नेछ । त्यसैले ‘समूह–२’ बाट सेमिफाइनलमा पुग्ने दुबै टोलीको टुङ्गो अन्तिम खेलअघि नै लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण