माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको पाण्डेले जानकारी दिए ।
‘बिहीबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने ।
केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको उल्टो बाटो हिँडेको, संसद् छलेर निरङ्कुश तरिकाले अध्यादेशबाट शासन गर्न खोजेको, जनजीविका, राष्ट्रिय एजेन्डाको विषयमा ध्यान नदिएको आरोप लगाउँदै आएको छ । प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका प्रचण्डले विपक्षी ७ दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् । पाँच बुँदे साझा धारणा बनाएका उनीहरूले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने योजना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण