चोरी पैठारी नियन्त्रण गर्न मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ ।
अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गरिरहेको हो । उपसमितिका संयोजक नारायणी शर्माले समितिमा भन्सारमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले समितिले देशभरका भन्सार कार्यालयको अनुगमन गरिरहेको बताइन् ।
उनले समितिले भन्सार ऐन समेत बनाई रहेकाले भन्सारका समस्या र ऐनमा समावेश गराउनुपर्ने विषयको समेत प्रत्यक्ष अनुगमनमार्फत जानकारी दिने उद्देश्यले अहिलेसम्म नेपालगन्ज भन्सार कार्यालय,कृष्ण नगर, भैरहवा, विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालयको अनुगमन सकिएको बताइन् । उनले अनुगमनका क्रममा भन्सार कार्यालयहरुमा धेरै समस्या देखिएको बताइन् । शर्माले भन्सार कार्यालयहरूले छोटी भन्सारहरूमार्फत धेरै चोरी निकासी भइरहेको पाएको बताइन् ।
यसैबिच समितिले मंगलबार जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण