चोरी पैठारी नियन्त्रण गर्न मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ ।
अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गरिरहेको हो । उपसमितिका संयोजक नारायणी शर्माले समितिमा भन्सारमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले समितिले देशभरका भन्सार कार्यालयको अनुगमन गरिरहेको बताइन् ।
उनले समितिले भन्सार ऐन समेत बनाई रहेकाले भन्सारका समस्या र ऐनमा समावेश गराउनुपर्ने विषयको समेत प्रत्यक्ष अनुगमनमार्फत जानकारी दिने उद्देश्यले अहिलेसम्म नेपालगन्ज भन्सार कार्यालय,कृष्ण नगर, भैरहवा, विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालयको अनुगमन सकिएको बताइन् । उनले अनुगमनका क्रममा भन्सार कार्यालयहरुमा धेरै समस्या देखिएको बताइन् । शर्माले भन्सार कार्यालयहरूले छोटी भन्सारहरूमार्फत धेरै चोरी निकासी भइरहेको पाएको बताइन् ।
यसैबिच समितिले मंगलबार जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा