धनुष–नयनतारा विवाद : अदालतले नयनतारालाई दियो झट्का
नयाँदिल्ली । दक्षिण भारतीय स्टार धनुष र अभिनेत्री नयनतारा बिचको प्रतिलिपि अधिकार विवाद रोकिने कुनै सङ्केत छैन । यसैबिच, मद्रास उच्च अदालतले अभिनेत्री नयनताराविरुद्ध धनुषको प्रतिलिपि अधिकार मुद्दा खारेज गर्न नेटफ्लिक्स इन्डियाले दिएको याचिका खारेज गरेको छ । यो मुद्दा धनुषले निर्माण गरेको फिल्मको ३ सेकेन्डको क्लिप नयनताराको अनुमति बिना उनको वृत्तचित्रमा प्रयोग गरेको सम्बन्धमा थियो ।
गतवर्ष नोभेम्बरमा धनुषले नयनतारा, उनका पति विग्नेश शिवन र उनीहरूको निर्माण कम्पनी राउडी पिक्चर्स प्रा.लि.विरुद्ध देवयानी मुद्दा दायर गरेका थिए । निर्माताहरूले नेटफ्लिक्सको ओरिजिनल ‘नयनताराः बियोन्ड द फेयरी टेल’मा धनुषको फिल्म ‘नानुम राउडी धान’ का दृश्यहरू प्रयोग गरेको आरोप यस मुद्दामा लगाइएको थियो ।
धनुषको निर्माण कम्पनी वन्डरबार फिल्म्स प्रा.लि.ले पनि उच्च अदालतमा निवेदन दायर गरेको छ, जसमा भारतमा नेटफ्लिक्सको कन्टेन्ट इन्भेस्टमेन्टको काम सम्हाल्ने मुम्बईस्थित लस गाटोस प्रोडक्सन सर्भिसेज इन्डिया एलएलपी विरुद्ध मुद्दा दायर गर्न अनुमति मागिएको छ । धनुषले पहिला चेतावनी दिएका थिए । त्यो चेतावनीलाई नयनतारा र सम्बद्धले बेवास्ता गरेपछि धनुष यो कानुनी कारबाहीमा आएका थिए । यस चेतावनीमा अभिनेताले नयनताराको वृत्तचित्रबाट २४ घण्टा भित्र दृश्य नहटाएमा कानुनी कारबाही गर्ने बताएका थिए ।
के थियो पूरै मामिला ?
गत वर्ष नोभेम्बर १६ मा नयनताराले धनुषलाई १० करोड रुपैयाँको कानुनी सूचना पठाएकोमा कडा आलोचना गरेकी थिइन् । इन्स्टाग्राममा एक पोस्ट मार्फत अभिनेत्रीले उनको नेटफ्लिक्स वृत्तचित्र ‘नयनथाराः बियोन्ड द फेयरीटेल’ को निर्माणको क्रममा आफूले २०१५ मा आएको फिल्म ‘नानुम राउडी धान’ का दृश्यहरू प्रयोग गर्न धनुषसँग अनुमति मागेको बताएकी थिइन् । तर, धनुषले उनको अनुरोध अस्वीकार गरे अनि सेटका बीटीएस फुटेज प्रयोग गरेकोमा उनलाई कानुनी सूचना पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
-
'होर्मुज पुनः खुलेपछि २०२७ मा तेलको आपूर्ति छेलोखेलो हुन्छ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण