बागमती प्रदेशसभा बैठक आह्वान
हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले माघ १८ गते बिहान ११ः०० बजेका लागि अधिवेशन बैठक आह्वान गरेका हुन् ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको पन्ध्रौँ अधिवेशन आह्वान गरेका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सदनका लागि पर्याप्त ‘बिजनेस’ नभएपछि विपक्षी दलले माग गरे पनि सरकारले बैठक राख्न सकेको थिएन ।
बागमती प्रदेशसभामा ४ विधेयकहरू दर्ता भएका छन् । प्रदेश सरकारले हाल ४ वटा विभिन्न संशोधन विधेयक दर्ता गराएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार आगामी अधिवेशन बैठकबाट पारित गर्नेगरी ४ वटा संशोधन विधेयक दर्ता भएको गरिएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार प्रदेशसभाको आगामी अधिवेशनमा पेस हुनेगरी प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै प्रदेशसभामा दर्ताका लागि पेस भएको थियो । तर, सभामुख भुवन कुमार पाठकले उक्त विधेयक दर्ता गरेका थिएनन् । प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या देखिएपछि प्रदेश सरकारले तत्कालको समस्या हल गर्न ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको थियो ।
उक्त विधेयकका प्रावधान सच्याउन सभामुख पाठकले फिर्ता गरेका थिए । गत असोज १६ मा मन्त्रिपरिषद्बाट निर्णय गर्दै दर्ताका लागि सचिवालयमा पेस भएको उक्त ४ महिनापछि दर्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण