अखिल क्रान्तिकारीमा रातो मसी विवाद अझै सुल्झिएन
काठमाडौँ । अखिल क्रान्तिकारीका तीन जना अध्यक्षका उम्मेदवारले मतदान भएको क्याम्पस वाल्मीकि क्याम्पसमा नै मतगणना गर्नुपर्न माग राखेका छन् । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष उम्मेदवार हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले सो माग राखेका हुन् ।
उनीहरूले रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मत मात्र गणना गरिनुपर्ने माग समेत गरेका छन् । उनीहरूले व्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएका मत बदर गर्न समेत अनुरोध गरेका छन् । राई, यादव र पौडेलको यो अडानले अध्यक्षका अर्का उम्मेदवार विजय सापकोटा पक्षको निर्णयलाई असहमति जनाएका हुन् ।
अखिल क्रान्तिकारीको शनिवार ८ वटा मतदान केन्द्रमा मतदान भएको थियो । तीमध्ये ७ वटा मतदान केन्द्रमा मतगणना भैसकेको छ भने वाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे विवाद भएपछि मतगणना स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण