सिरहामा ट्र्याक्टरबाट खस्दा एक युवकको मृत्यु
मङ्गलबार, १५ माघ २०८१, २२ : ०८
सिरहा । ट्र्याक्टरमा सवार एक युवक खस्दा सोही ट्र्याक्टरले किची एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई–१० धनगढीचोकमा स१त ३८४४ नम्बरको ट्र्याक्टरमा कर्जन्हा नगरपालिका–६ का २५ वर्षीय सुरेश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासमानका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्र्याक्टरमा सवार मुखिया अकस्मात् खस्दा सोही ट्र्याक्टरको बयाँ चक्कामुनि परी शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
उनको लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता पासनवानले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण