प्रेस सेन्टरको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ बाट
काठमाडौँ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा हुने भएको छ । राजधानीमा सम्पन्न केन्द्रीय समितिको पाँचौँ बैठकले महाधिवेशनको निर्णय गरेको महासचिव सन्तोष पौडेलले बताए ।
सङ्गठनको २१ ओं स्थापना दिवसको अवसरमा आयोजना गरिएको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरू निर्माण गरिएको महासचिव पौडेलले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, प्रचार तथा प्रकाशन समिति, आर्थिक व्यवस्था समिति, सदस्य तथा प्रतिनिधि अभिलेखीकरण तथा अनुगमन समिति, अतिथि सत्कार समितिलगायतका समितिहरू निर्माण गरिएको छ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष विष्णु सापकोटाले प्रस्तुत गरेको प्रस्ताव र एजेन्डाहरूमाथि बैठकमा सहभागी अधिकांश सदस्यहरूले धारणा राखेपछि सर्वसम्मत पारित भएको थियो ।
बैठकले समसामयिक विषयमा १५ बुँदे काठमाडौँ घोषणा पत्र पनि जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण