युवा व्यवसायी तिवारी यूएईमा सम्मानित
बुधबार, १६ माघ २०८१, १० : ११

युएई । युवा व्यवसायी ध्रुव तिवारी सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालिले यूएईको दुबईमा आयोजना गरेको कार्यक्रममा ‘अन्तर्राष्ट्रिय युवा व्यवसायी सम्मान’बाट उनलाई सम्मानित गरेको हो ।
तिवारी नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष समेत हुन् । प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन, नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान र एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले तिवारीलाई सम्मान गरेका हुन् ।
विभिन्न सामाजिक संघसंस्थामा आबद्ध तिवारीले सम्मानप्रति आभार व्यक्त आगामी दिनमा रचनात्मक काम गर्न थप हौसला मिलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण दिवसमा सन्देशमूलक नाटक
-
संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ : महेश बर्तौला
-
टिजरमा यस्तो देखियो ‘यो मन त मेरो नेपाली हो’
-
भारतबाट फर्किनेमा कोभिडको जोखिम, सुदूरपश्चिममा कस्तो छ तयारी ?
-
भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे
-
इन्फिनिक्सले सार्वजनिक गर्यो नयाँ स्मार्टफोन, मूल्य २५ हजार ९९९