अमेरिकाको राष्ट्रिय सुरक्षा राडारमा चीनको डीपसिक एआई
वासिङ्टन डिसी । हालैका दिनमा एआईको दुनियाँमा चिनियाँ कम्पनी डीपसिकले तहल्का मच्चाइरहेको छ । यसैबीच अमेरिकी सुरक्षा अधिकारीहरूले डीपसिकलाई आफ्नो राष्ट्रिय सुरक्षाको राडारमा राखेका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लिभिटले यस्तो बताएकी हुन् । सम्भावित सुरक्षा र नैतिक चिन्तातर्फ औँल्याउँदै अमेरिकी जलसेनाले आफ्ना सदस्यहरूलाई डीपसिक एपको प्रयोगमा रोक लगाएको खबर आइरहँदा यो घोषणा भएको हो ।
च्याटजीपीटीको निर्माता ओपनएआईले पनि आफ्नो एआई प्रविधि लिनबाट प्रतिस्पर्धीहरूलाई रोक्न अमेरिकासँग निकट रहेर काम गर्ने वाचा गरेको छ । यो हप्ताको सुरुमा डीपसिकको सस्तो खालको एआई मोडलका कारण अमेरिकी प्रविधि कम्पनीहरूको शेयर मूल्यमा पहिरो गएको थियो ।
डीपसिकले केही लाखमै एआई मोडल बनाएको भनेपछि लगानीकर्ताहरूले अमेरिकी कम्पनीहरूले एआईमा लगानी गरिरहेको अर्बौँ डलरमाथि प्रश्न उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण