ट्रम्पको आदेश पालना गर्दै गुगल, गल्फ अफ मेक्सिको अब गल्फ अफ अमेरिका
न्युयोर्क । गुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई पालना गर्दै चाँडै नै गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका नामकरण गर्ने भएको छ । यो परिवर्तन चाँडै नै गुगल म्यापमा लागु हुने भएको हो ।
सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सरकारको आधिकारिक स्रोतमा गरिने नामहरूको परिवर्तनलाई लागु गर्ने यसअघिको अभ्यासलाई नै निरन्तरता दिइएको बताएको छ । सरकारी तथ्याङ्क राख्ने जियोग्राफिक नेम्स इन्फर्मेसन सिस्टममा यो परिवर्तन लागु भएपछि गुगलमा पनि त्यही अनुसार लागु गरिने कम्पनीले बताएको छ ।
गुगलले सबैभन्दा अग्लो चुचुरो माउन्ट मेकिन्लीको नाम पनि परिवर्तन गर्ने भएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले आलास्काको यस चुचुरोको नाम सन् २०१५ मा डेनालीमा परिवर्तन गरेका थिए ।
गुगलको घोषणापछि मेक्सिकोले भने यस निर्णयको मजाक उडाइरहेका छन् । मंगलबार मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले गुगलको कदमलाई बेवास्ता गर्दै यो केवल अमेरिकामा लागु हुने र आफ्नो देशले यसलाई नमान्ने स्पष्ट पारिन् ।
‘गल्फ अफ मेक्सिको गल्फ अफ मेक्सिको नै रहनेछ,’ उनले भनिन् । देशका आम मानिसहरूले पनि सामाजिक सञ्जालमा यस्तै प्रतिक्रियाहरू दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण