एचपीभी खोप अभियानको सद्भावना दूतमा मनिषा कोइराला
काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानका लागि कलाकार मनिषा कोइराला सद्भावना दूत भएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच कोइरालालाई सद्भावना दूत बनाइएको हो ।
माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि खोप अभियान सञ्चालन हुनेछ । माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा यो अभियान सुरु हुन लागेको हो ।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ ।
यो खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरी अनुमान गरिएको छ । यो अभियानको लागि १७ लाख ७० हजार ०२० मात्रा एचपीभी खोप प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण