मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् । उनले सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको कामना पनि गरेका छन् ।
नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको र यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रीति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएका उनले उल्लेख गरेका छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होसारले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबिच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु, शुभकामना सन्देशमा उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
५ सदस्यीय सांसद टोली चीन प्रस्थान, के छ कार्यक्रम ?
-
अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु
-
चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा