बन्धक रहेका थाई नागरिकलाई आफै रिहा गर्दै हमास
गाजा । हमासले गाजाबाट बिहीबार ३ इजरायली नागरिक र ५ थाई नागरिकलाई रिहा गर्ने अपेक्षा गरिएको इजरायलले जानकारी दिएको छ ।
रिहा हुने इजरायलीमा दुई महिला– सर्वसाधारण २९ वर्षीया अर्बेल यहुद र सैन्य परीवेक्षक २० वर्षीया अगम बर्जरसहित ८० वर्षीय गादी मोसेस रहेका छन् । गाजामा युद्धविराम लागु भएयता बन्दीहरू रिहा गरिएको तेस्रो अवसर हुनेछ ।
इजरायली नागरिकहरूको रिहाइको बदलामा इजरायलको जेलमा रहेका ११० प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ । उनीहरूको नाम खुलाइएको छैन ।
रिहा गरिने भनिएको थाई बन्धकहरूको नामहरू पनि सार्वजनिक गरिएको छैन । यो युद्धविराम सम्झौताको अन्तर्गत नरहेको र उनीहरूलाई हमासले एकपक्षीय रूपमा नै रिहा गर्न लागेको बताइएको छ ।
बीबीसीमा उल्लेखित समाचार अनुसार उनीहरू इजरायलको कृषि क्षेत्रमा काम गर्ने कामदार रहेका थिए । थाइल्याण्डको सरकारले गाजामा आफ्ना ६ जना नागरिक बन्धक रहेको बताएको छ । दुई अन्य बन्धक भने मारिएको विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण