४३ वर्षअघि पनि पोटोम्याक नदीमा नै खसेको थियो विमान

वासिङ्टन डीसी । अमेरिकामा अमेरिकन एयरलाइन्सको विमान वासिङ्टन डीसी नजिकै मध्य हावामा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको छ । उक्त विमानमा ६४ जना सवार थिए । ६० यात्रु र चार चालक दलका सदस्य रहेका छन् ।
प्रहरी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई दिएको जानकारी अनुसार अहिलेसम्म १८ जनाको शव निकालिएको छ । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान वासिङ्टनबाट कन्सास जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोम्याक नदीमा खसेको थियो । नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।
स्थानीय समय अनुसार राति ९ बजे रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरु भएको छ ।
यसअघि यही विमानस्थलनजिक ४३ वर्षअघि दुर्घटना भएको थियो । जनवरी, सन् १९८२ मा एयरफ्लोरिडाको बोइङ ७३७ विमान १४ औँ स्ट्रिट ब्रिजमा ठोक्किँदै पोटोम्याक नदीमा खसेको थियो ।
रायटर्समा प्रकाशित समाचार अनुसार वासिङ्टन नेसनल एयरपोर्ट (हाल रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट) मा विमान उडेको केही समयमा नै दुर्घटना हुन पुगेको थियो । उक्त दुर्घटनामा विमानमा सवार ७८ जनाको मृत्यु भएको थियो भने पुलमा यात्रा गरिरहेका ३ जनाको मृत्यु भएको थियो । पुलमा यात्रा गरिरहेका ७ वटा गाडीमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते