४३ वर्षअघि पनि पोटोम्याक नदीमा नै खसेको थियो विमान
वासिङ्टन डीसी । अमेरिकामा अमेरिकन एयरलाइन्सको विमान वासिङ्टन डीसी नजिकै मध्य हावामा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको छ । उक्त विमानमा ६४ जना सवार थिए । ६० यात्रु र चार चालक दलका सदस्य रहेका छन् ।
प्रहरी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई दिएको जानकारी अनुसार अहिलेसम्म १८ जनाको शव निकालिएको छ । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान वासिङ्टनबाट कन्सास जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोम्याक नदीमा खसेको थियो । नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।
स्थानीय समय अनुसार राति ९ बजे रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरु भएको छ ।
यसअघि यही विमानस्थलनजिक ४३ वर्षअघि दुर्घटना भएको थियो । जनवरी, सन् १९८२ मा एयरफ्लोरिडाको बोइङ ७३७ विमान १४ औँ स्ट्रिट ब्रिजमा ठोक्किँदै पोटोम्याक नदीमा खसेको थियो ।
रायटर्समा प्रकाशित समाचार अनुसार वासिङ्टन नेसनल एयरपोर्ट (हाल रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट) मा विमान उडेको केही समयमा नै दुर्घटना हुन पुगेको थियो । उक्त दुर्घटनामा विमानमा सवार ७८ जनाको मृत्यु भएको थियो भने पुलमा यात्रा गरिरहेका ३ जनाको मृत्यु भएको थियो । पुलमा यात्रा गरिरहेका ७ वटा गाडीमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण