महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाले पाइन् बलिउड फिल्ममा काम
नयाँ दिल्ली । प्रयागराज महाकुम्भ मेलाका क्रममा भाइरल हुन पुगेकी मोनालिसाले बलिउड फिल्ममा काम गर्ने अवसर पाउने भएकी छन् । मोनालिसा आँखाका कारण चर्चित बनेकी थिइन् ।
माला बेचेर जीवन गुजारा गर्ने मोनालिसाले ‘डायरी अफ मणिपुर’ फिल्मका लागि साइन गरेकी छिन् । मणिपुरमा भएको भयानक घटनामा बन्न लागेको यो फिल्ममा मोनालिसा महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । जुन फिल्मको निर्देशक सनोज मिश्रा छन् ।
निर्देशक मिश्राले मध्य प्रदेशको खरगोन जिल्ला स्थित महेश्वरमा मोनालिसाको घर गएर उनलाई आफ्ना आगामी फिल्मका लागि काष्ट गरेको बताइएको छ । यी दुबैको फोटो पनि बाहिरिएको छ ।
मोलानिसाले यो फिल्ममा काम गर्न मानेको बताइएको छ । सामाजिक सञ्जालमा एउटा मिश्राको एउटा भिडियो आएको छ । आफूले मोनालिसाको परिवारलाई भेटेको उनले बताएका छन् ।
फिल्ममा आफूले मोनालिसालाई राम्रोसँग प्रस्तुत गर्ने पनि उनले बताए । अहिलेसम्म मोनालिसाको भूमिकाबारे जानकारी दिइएको छैन । तर उनले सेनाका अधिकारीको छोरीको भूमिका निर्वाह गर्न सक्ने बताइएको छ ।
फिल्म अक्टोबरमा रिलिज हुन सक्नेछ मोनालिसाले मार्च या अप्रिलदेखि फिल्मको सुटिङ सुरु गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण