जब कडा सुरक्षा घेरा तोड्दै विराट कोहलीका समर्थक मैदानभित्र प्रवेश गरे ...

काठमाडौँ । अहिले भारतमा क्रिकेटको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी सञ्चालन भइरहेको छ । भारतको राष्ट्रिय टोलीका चर्चित खेलाडीहरूले पनि रणजी ट्रफी खेलिरहेका छन् ।
भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली पनि रणजी ट्रफी खेल्ने खेलाडीको सूचिमा पर्छन् । बिहीबार सुरु भएको रेलवे र दिल्लीबिचको खेलमा विराट पनि सहभागी छन् ।
विराटले दिल्लीको टोलीबाट खेलिरहेका छन् । दिल्लीले पहिले फिल्डिङ गरिरहेको छ । अरुण जेटली स्टेडियममा विराटलाई हेर्न दर्शकको ओइरो लागेको छ ।
दर्शकको ओइरो लागेपछि सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको छ । सुरक्षाका लागि स्टेडियममा अर्धसैनिक जवानसमेत तैनाथ गर्नु परेको समाचारमा जनाइएको छ ।
तर, विराटका एक समर्थक भने कडा सुरक्षा घेरालाई तोड्दै मैदानभित्र प्रवेश गरेका छन् । समर्थक मैदानभित्र प्रवेश गरेपछि केही समय खेलसमेत रोक्नु परेको थियो ।
ती समर्थकले सुरक्षा घेरा तोड्दै मैदानभित्र प्रवेश गरेर विराटको खुट्टा ढोगेका थिए । त्यतिबेला विराट मिड अफमा फिल्डिङ गरिरहेका थिए ।
ती समर्थकलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मैदानबाट बाहिर निकालेका थिए । त्यसपछि सुरक्षा व्यवस्था थप कडा पारिएको समाचारमा जनाइएको छ ।
विराट १३ वर्षपछि घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्न मैदानमा ओर्लिएका हुन् । दिल्लीविरुद्धको खेलमा रेलवेको टोलीले खाना समयअघि २७ ओभरमा पाँच विकेट गुमाएर ८७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल