जब कडा सुरक्षा घेरा तोड्दै विराट कोहलीका समर्थक मैदानभित्र प्रवेश गरे ...
काठमाडौँ । अहिले भारतमा क्रिकेटको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी सञ्चालन भइरहेको छ । भारतको राष्ट्रिय टोलीका चर्चित खेलाडीहरूले पनि रणजी ट्रफी खेलिरहेका छन् ।
भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली पनि रणजी ट्रफी खेल्ने खेलाडीको सूचिमा पर्छन् । बिहीबार सुरु भएको रेलवे र दिल्लीबिचको खेलमा विराट पनि सहभागी छन् ।
विराटले दिल्लीको टोलीबाट खेलिरहेका छन् । दिल्लीले पहिले फिल्डिङ गरिरहेको छ । अरुण जेटली स्टेडियममा विराटलाई हेर्न दर्शकको ओइरो लागेको छ ।
दर्शकको ओइरो लागेपछि सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको छ । सुरक्षाका लागि स्टेडियममा अर्धसैनिक जवानसमेत तैनाथ गर्नु परेको समाचारमा जनाइएको छ ।
तर, विराटका एक समर्थक भने कडा सुरक्षा घेरालाई तोड्दै मैदानभित्र प्रवेश गरेका छन् । समर्थक मैदानभित्र प्रवेश गरेपछि केही समय खेलसमेत रोक्नु परेको थियो ।
ती समर्थकले सुरक्षा घेरा तोड्दै मैदानभित्र प्रवेश गरेर विराटको खुट्टा ढोगेका थिए । त्यतिबेला विराट मिड अफमा फिल्डिङ गरिरहेका थिए ।
ती समर्थकलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मैदानबाट बाहिर निकालेका थिए । त्यसपछि सुरक्षा व्यवस्था थप कडा पारिएको समाचारमा जनाइएको छ ।
विराट १३ वर्षपछि घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्न मैदानमा ओर्लिएका हुन् । दिल्लीविरुद्धको खेलमा रेलवेको टोलीले खाना समयअघि २७ ओभरमा पाँच विकेट गुमाएर ८७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण