साढे २ करोड डलरमा ट्रम्पसँगको मुद्दा राफसाफ गर्दै मेटा
वासिङ्टन डिसी । अमेरिकाको राष्ट्रपति बन्ने बित्तिकै डोनाल्ड ट्रम्पले एक पछि अर्को गर्दै ठूल्ठूला निर्णयहरू लिइरहेका छन् । यसैबिच दिग्गज सामाजिक सञ्जालसँग जोडिएको कम्पनी मेटाले ट्रम्पसँग एउटा सम्झौतालाई अन्तिम रूप दिएको बताइएको छ ।
ट्रम्पले मेटाविरुद्ध दायर गरेको मुद्दा राफसाफ गर्न दुईबिच आपसी सम्झौता भएको समाचार एजेन्सी पीटीआईले एक मिडिया रिपोर्टलाई उद्धृत गर्दै छापेको छ ।
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्व रहेको कम्पनी मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पले यी कम्पनीहरू विरुद्ध दायर गरेको मुद्दा सल्टाउन २ करोड ५० लाख डलर तिर्न सहमत भएको यस विषयसँग जानकार तीन व्यक्तिले बताएका छन् । २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा दङ्गापछि सामाजिक सञ्जाल प्लेटफर्महरूमा ट्रम्पलाई बन्देज लगाइएको थियो । मुद्दा यही मामिलासँग जोडिएको थियो ।
- सम्झौतामा के विशेष छ ?
सम्झौताका सर्तहरूमा गैर–नाफामुखी संस्थालाई २ करोड २० लाख डलर हस्तान्तरण भएको यस विषयमा जानकार व्यक्तिहरूले नाम नछाप्ने सर्तमा बुधबार भनेको भन्दै समाचारमा भनिएको छ । बाँकी रकम कानुनी शुल्क र अन्य वादीहरूलाई दिइने बताइएको छ ।
तर, सम्झौतामा मेटाले सामाजिक सञ्जाल प्लेटफर्महरूबाट ट्रम्पको खाताहरू निलम्बनमा गल्ती स्वीकार गर्ने छैन । यसलाई मेटा र मार्क जुकरबर्ग विरुद्ध ट्रम्पको विजयको रूपमा हेरिएको छ । यो सम्झौताबारे पहिलो पटक द वाल स्ट्रिट जर्नलले समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण