अमेरिकामा विमान दुर्घटना : कोही बाँचे-बाँचेनन् भन्न सकिने अवस्था छैन
वासिङ्टन डीसी । वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको एउटा विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको छ । विमानमा यात्रु र क्रु मेम्बरसमेत गरेर ६४ जना सवार थिए । अहिले आपत्कालीन सेवाका कर्मचारीहरू उद्धार कार्यमा संलग्न छन् । जाँचको सीमा नतोकिएको एक प्रश्नको जवाफ दिँदै, वासिङ्टन डीसीका मेयर मुरियल बाउसरले भनेका छन् ।
उद्धारकर्मीहरूले विमानमा रहेका मानिसहरूको खोजी जारी राख्ने उनले बताएका छन् । अमेरिकन एयरलाइन्सका अनुसार विमानमा ६० य र ४ जना चालक दलका सदस्य थिए ।
प्रहरी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार खोजकर्ता टोलीले अहिलेसम्म १८ वटा शव निकालेका छन् । संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस विषयमा अनुसन्धान गर्ने एफएएले भनेको छ ।
एनटीएसबीले यो अनुसन्धानको नेतृत्व गर्ने बताइएको छ । दुर्घटनामा कोही बाँचेका छन् कि छैनन् भन्ने कुरा आफूहरूलाई थाहा नभएको एउटा प्रश्नको जवाफ दिने क्रममा डीसी फायर र ईएमएस प्रमुख जोन डोनेलीले भनेका छन् ।
‘हामी बिहान फेरि परिस्थितिको समीक्षा गर्नेछौँ । त्यतिन्जेलसम्म हामीले स्थितिलाई अझ राम्रोसँग राम्रो बुझ्नेछौँ’ डोनेलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण