संसदबाट अध्यादेशको प्रतिवाद गर्ने माओवादी निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट त्यसको खबरदारी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ’, पाण्डेले भने, ‘६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी छ । समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारकाे सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’
साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको पाण्डेले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी निर्णयअनुसार संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते