संसद्को हिउँदे अधिवेशनमा माओवादी आक्रामक ढंगले प्रस्तुत हुने

काठमाडौँ । संसद्को हिउँदे अधिवेशनमा आक्रामक ढंगले प्रस्तुत हुने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले निर्णय गरेको छ । बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा भोलिदेखि सुरु हुने संसद्को अधिवेशनमा आक्रामक ढंगले जाने निर्णय भएको सांसद सुदन किराँतीले रातोपाटीलाई बताए ।
‘संगठित रूपमा रचनात्मक ढंगले आक्रामक संसद्को हिउँदे अधिवेशनमा प्रस्तुति दिने बैठकले निर्णय गरेको छ । केन्द्रीय समिति बैठकको निर्णयलाई मार्गदर्शक मानेर जाने गरी संसद्मा प्रस्तुत हुन अध्यक्षले निर्देशन दिनुभएको छ’, रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सही कुरालाई सही भन्ने । गलतलाई गलतै भनेर जान अध्यक्षले भन्नुभएको छ । सरकारले ल्याएको विधेयक व्यवस्था विरोधी छ । स्वार्थ समूहको उद्देश्य पुरा हुने गरी आएको छ । यसलाई अस्वीकारको प्रस्ताव दर्ता गरेर जाने छौँ ।’
आजको बैठकमा सांसदहरूको सुझाव सुन्ने र संसदीय समितिलाई व्यवस्थित गरेर लैजानेबाहेक अन्य विषयमा कुनै छलफल नभएको किराँतीले जिकिर गरे । दलका नेता प्रचण्डले सबै सांसदलाई आफ्ना कुरा राख्न दिएको र बोल्ने सबैले संसदीय समितिलाई व्यवस्थित र क्यालेन्डरको आधारमा योजनाबद्ध ढंगले लानुपर्छ भन्ने सुझाव दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते