संसद्को हिउँदे अधिवेशनमा माओवादी आक्रामक ढंगले प्रस्तुत हुने
काठमाडौँ । संसद्को हिउँदे अधिवेशनमा आक्रामक ढंगले प्रस्तुत हुने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले निर्णय गरेको छ । बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा भोलिदेखि सुरु हुने संसद्को अधिवेशनमा आक्रामक ढंगले जाने निर्णय भएको सांसद सुदन किराँतीले रातोपाटीलाई बताए ।
‘संगठित रूपमा रचनात्मक ढंगले आक्रामक संसद्को हिउँदे अधिवेशनमा प्रस्तुति दिने बैठकले निर्णय गरेको छ । केन्द्रीय समिति बैठकको निर्णयलाई मार्गदर्शक मानेर जाने गरी संसद्मा प्रस्तुत हुन अध्यक्षले निर्देशन दिनुभएको छ’, रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सही कुरालाई सही भन्ने । गलतलाई गलतै भनेर जान अध्यक्षले भन्नुभएको छ । सरकारले ल्याएको विधेयक व्यवस्था विरोधी छ । स्वार्थ समूहको उद्देश्य पुरा हुने गरी आएको छ । यसलाई अस्वीकारको प्रस्ताव दर्ता गरेर जाने छौँ ।’
आजको बैठकमा सांसदहरूको सुझाव सुन्ने र संसदीय समितिलाई व्यवस्थित गरेर लैजानेबाहेक अन्य विषयमा कुनै छलफल नभएको किराँतीले जिकिर गरे । दलका नेता प्रचण्डले सबै सांसदलाई आफ्ना कुरा राख्न दिएको र बोल्ने सबैले संसदीय समितिलाई व्यवस्थित र क्यालेन्डरको आधारमा योजनाबद्ध ढंगले लानुपर्छ भन्ने सुझाव दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण