मधेस केन्द्रित दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन
काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेस केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा. शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा. शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् भने राजेन्द्र महत्तोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने प्रवक्ता सुमनले जानकारी दिए ।
कार्यदलले आगामी दिनमा दस्ताबेज लेख्ने, आगामी बैठकको संयोजन गर्ने उनले बताए । बैठकमा अध्यादेशका बारेमा छलफल चलेको र भूमिसम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण भएको प्रवक्ता सुमनले जानकारी दिए ।
प्रवक्ता सुमनले भूमिसम्बन्धी अध्यादेशले मधेसी, जनजाति आदिवासी लगायतका नागरिकलाई उनकै भूमिबाट वञ्चित गरी आप्रवासनका नाममा फेरि अर्को प्रयास भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण