विपक्षीको चेतावनीपछि बागमती प्रदेशसभामा विधेयक पेस नहुने
मकवानपुर । बागमती प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा विधेयक पेस नहुने भएका छन् । ४ महिना पछि बस्ने तय भएको प्रदेशसभाको १५ औँ अधिवेशनको पहिलो बैठकमा शुभकामना सन्देश मात्र दिने कार्यसूची निर्धारण गरिएको हो ।
बिहीबार साँझ बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बिहान ११ बजे बस्ने संसद्को कार्यसूचीमा दलीय रूपमा शुभकामना सन्देश दिने कार्यसूची तयार गरेको हो ।
प्रदेशसभामा दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण भएको सभामुख भुवनकुमार पाठकले बताए । उनका अनुसार शुक्रबार नै संसद्को स्थापना दिवस रहेकाले मन्तव्यको कार्यसूची पछि बैठक स्थगित गरिने छ । सो पश्चात हाउसका गतिविधि र कार्यसूचिका विषयमा सत्तापक्ष र प्रतिपक्षको छलफल पछि निर्णय हुने उनले बताए ।
सत्तापक्ष दल नेपाली कांग्रेस बागमती प्रदेशका मुख्य सचेतक गोविन्द लम्सालले शुक्रबार संसद् खुलाएर मन्तव्यको कार्यसूची तय गरिएको बताए । सो पश्चात सत्तापक्षले छलफल प्रारम्भ गरी प्रतिपक्षको मागका सन्दर्भमा सम्बोधन गरेर अघि बढ्ने उनले बताए । १८ गते बैठक रोकिएपछि दलहरूबिच छलफल गरेर २३ गतेबाट नियमित रूपमा सञ्चालनको वातावरण तयार गरिने उनको भनाई छ ।
सहमति कार्यान्वयन विना थप कार्यक्रम अघि बढ्दैन
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शुक्रबारको बैठकमा शुभकामना मन्तव्य बाहेक कार्यसूची अघि बढ्न नसक्ने जनाएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभामा विधेयक पेस र छलफल गर्ने प्रस्ताव आएपनि उक्त विषय अघि बढाउन नसकिने तर्क माओवादी केन्द्रसहितका विपक्षी दलहरूले गरेका थिए ।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संसद्को स्थापना दिवस भएकाले शुभकामना मन्तव्य बाहेकका कार्ययोजना अघि नबढ्ने बताए । कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयक पेस तथा अन्य प्रस्तावहरू पनि आएको उनले बताए । तर, सरकारले प्रतिपक्षसँगको सहमति कार्यान्वयनको वातावरण नबनाएकाले संसदमा विधेयक पेस गर्ने तथा अन्य गतिविधि अघि नबढ्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण