माघ २३ गतेदेखि काठमाडौँमा नेपाल–भारत रङ्ग महोत्सव
काठमाडौँ । नेपालमा नेपाल–भारत रङ्ग महोत्सव हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बिहीबार राजधानीमा एक कार्यक्रमका बिच महोत्सवका विभिन्न पक्षबारे जानकारी दियो ।
प्रतिष्ठाले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गर्न लागेको महोत्सव माघ २३ गतेदेखि सुरु हुने महोत्सव माघ ३० सम्म चल्नेछ । महोत्सवमा नेपाल र भारतका ६ वटा नाटक राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी कार्यक्रममा जानकारी दिइन् ।
शर्मामा अनुसार नेपालका तीन र भारतका तीन नाटक मञ्चन हुनेछन् । उक्त महोत्सव अहिले भारतमा जारी छ । भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव पहिलो भएको शर्माको धारणा रहेको छ ।
महोत्सवमा माघ २३ गते सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ । माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोजक गुरागाईँको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परिकथा मात्र होइन’ प्रदर्शन हुनेछ ।
त्यस्तै महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजयकुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र माघ ३० गते अजय शुक्लको लेखन र चितरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहलका टेन्डर’ प्रदर्शन हुने जनाइएको छ ।
कार्यक्रममा उपकुलपति शम्भु राई लगायत व्यक्तिहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण