बुबा बन्दै बले, भन्छन्- ‘पहिलो सन्तान परिवारको लागि लक्की चार्म हुन्छ’
शुक्रबार, १८ माघ २०८१, १३ : १३
काठमाडौँ । चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग विवाह गरेका उनले आफू बुबा बन्न लागेको रातोपाटीलाई जानकारी दिए ।
उनकी श्रीमती स्नेहा ५ महिनाकी गर्भवती छिन् । ‘२०८२ म बुबा बन्छु’ उनले भने ‘पहिलो सन्तान हाम्रो परिवारको लागि लक्की चार्म हुने देखेको छु ।’
। पेसाले नर्स स्नेहा यतिबेला घरमै आराममा छिन् । बले भने ‘लाज शरणम’ को प्रचारमा छन् । महत्त्वपूर्ण भूमिका रहेको कथानक फिल्म ‘लाज शरणम’ शिवरात्रीदेखि रिलिज हुँदैछ ।
टेलिभिजनबाट ‘बले’ को रूपमा चर्चित उनी ‘डल्लेले इन्ट्री मार्यो’ फिल्ममा अभिनेताको रूपमा समेत देखिँदै छन् । उनी हास्य शृङ्खला ‘सक्किगो नि’का नियमित कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण