आईसीसी च्याम्पियन्स ट्रफीमा क्रमभंग : हुने छैन कप्तानहरूको सामूहिक पत्रकार सम्मेलन र फोटोशुट कार्यक्रम

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको आगामी संस्करणमा एउटा पुरानो परम्पराले निरन्तरता नपाउने भएको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ । प्रतियोगिता फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म सञ्चालन हुनेछ ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणअघि प्रतियोगितामा सहभागी टोलीका कप्तानहरूको सामूहिक तस्बिर नखिचाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजित ठुला प्रतियोगितामा यसअघि कप्तानहरूले सामूहिक तस्बिर खिचाउने परम्परा रहँदै आएको थियो ।
तर, यसपटक आईसीसीले औपचारिक रूपमा यस्तो कार्यक्रम नराखेको समाचारमा जनाइएको छ । कप्तानहरूले सामूहिक तस्बिर खिचाउने कार्यक्रम आयोजक राष्ट्रमै गरिन्थ्यो । तर, यसपटक यो परम्पराले निरन्तरता पाउने छैन ।
सन् १९९६ पछि पहिलो पटक पाकिस्तानमा आईसीसीले ठुलो प्रतियोगिता आयोजना गर्न लागेको हो । आगामी च्याम्पियन्स ट्रफी ‘हाइब्रिड मोडल’ मा आयोजना हुन लागेकोले कप्तानहरूको संयुक्त पत्रकार सम्मेलन र सामूहिक तस्बिर खिचाउने कार्यक्रम नराखिएको बताइएको छ ।
तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने प्राविधिक कारणले यस्तो कार्यक्रम नराखिएको बताएको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पहिले पाकिस्तानमा मात्र आयोजना गरिने कार्यक्रम थियो ।
तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएपछि प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा परिणत भएको हो । अब भारतीय टोलीले आफ्नो सम्पूर्ण खेल दुबईमा खेल्नेछ ।
त्यसैको प्रत्यक्ष असर कप्तानहरूको संयुक्त प्रत्रकार सम्मेलन र सामूहिक तस्बिर खिचाउने कार्यक्रममा परेको हो । यसअघि सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफी इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । त्यतिबेला भने प्रतियोगिताको औपचारिक उद्घाटन समारोह आयोजना गरिएको थिएन ।
तर, त्यतिबेला कप्तानहरूको औपचारिक फोटोशुट कार्यक्रम भने आयोजना गरिएको थियो । यसपटक पनि च्याम्पियन्स ट्रफीको औपचारिक उद्घाटन समारोह आयोजना गरिने छैन । पीसीबीका अनुसार, आईसीसीले नै उद्घाटन समारोह आयोजना गर्ने बारेमा केही उल्लेख गरेको छैन ।
पीसीबीले च्याम्पियन्स ट्रफी सुरु हुनुअघि फेब्रुअरी १६ तारिखमा आफ्नै पहलमा एउटा कार्यक्रम भने आयोजना गर्नेछ । त्यो कार्यक्रम प्रतियोगिताको पहिलो खेल खेलिनुभन्दा तीन दिनअघि लाहोरमा आयोजना गरिने पीसीबीले जनाएको छ ।
आईसीसीले यसअघि सन् २०२४ मा सम्पन्न पुरुष टी–२० विश्वकपमा क्रममा पनि कप्तानहरूको सामूहिक तस्बिर खिचाउने कार्यक्रम राखेको थिएन । त्यतिबेला पनि टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना भएको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
-
धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद