अनलाइन स्क्यामिङमा आरोपमा ७ जना पक्राउ, अहिलेसम्म ३ अर्ब ठगी
काठमाडौँ । गैरकानुन अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारको आरोपमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको विशेष टोलीले उनीहरूलाई शुक्रवार पक्राउ परेको हो ।
यसरी पक्राउ पर्नेमा कैलाली घर भई हाल बुढानीलकण्ठ बस्ने वर्ष २२ को माइकल डगौरा, कैलाली घर भई सोही ठाउँ बस्ने २६ वर्षीय अनिल विश्वकर्मा, बुढानीलकण्ठका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा बस्ने वर्ष १९ को आश्विन चौलागाइँ, रौतहट घर भई बानेश्वर बस्ने वर्ष २२ को सत्यमकुमार सहनी, भारत बिहार घर भई बानेश्वर बस्ने रोशन कुमार र विहार घर भई काठमाडौँ बस्ने वर्ष ३६ को मुन्ना कुमार रहेका छन् ।
उनीहरूको साथबाट २ थान कम्प्युटर, १३ थान मोबाइल सेट, विभिन्न बैंकको नाममा जारी भएको चेक १९ थान र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
उनीहरूले विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यस्तै, विभिन्न बैङ्क तथा डिजिटल वालेट हरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैङ्क तथा वालेटहरूको आधिकारिक व्यक्ति भनी निजहरूको ओटीपीरपीन माग गरी अनधिकृत रूपमा बैङ्क तथा डिजिटल वालेटहरूमा पहुँच पुर्याई रकम ठगी समेत गर्ने गरेको पाइएको छ ।
त्यस्तै, विभिन्न सामाजिक सञ्जालमा घरैमा अनलाइन जब गरेर कमाउन सकिने, अनलाइन जुवा लगायतका लिङ्क पठाइ साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैङ्क तथा वालेटमा पहुँच पुर्याइ निजहरूको रकम अन्यत्र खातामा पठाउने समेत गरेको पाइएको छ । त्यसरी ठगी गरेको रकम थोरै समयमै विभिन्न तहमा विभिन्न व्यक्तिको बैङ्क तथा वालेटमा ट्रान्सफर गर्ने गरेको पाइएको छ । त्यस्तै, माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरूको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैङ्क तथा वालेटमा एकाउन्ट कम्प्रोपाइजेसन गर्ने समेत गरेको पाइएको छ ।
त्यसरी कमाएको पैसा क्रिप्टोकरेन्सी, गेमप्वाइन्टमा लगानी तथा कारोबार गर्ने गरेको समेत ब्युरोले जनाएको छ । हुन्डी कारोबार गरेर विदेशमा रहेका नेपालीलाई प्रलोभन देखाएर आपराधिक समूहका एजेन्ट मार्फत रकम लिने र नेपालमा रहेका नातेदारको खातामा अवैध रूपमा कमाएका पैसा जम्मा गरिदिन गरेको पाइएको छ । यो समूहले हालसम्म यसरी तीन अर्ब भन्दा बढी ठगी गरेको पाइएको प्रवक्ता शाहीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण