आवासीय चिकित्सकको प्रदर्शन जारी
शुक्रबार, १८ माघ २०८१, १६ : ३०
काठमाडौँ । सरकारले विज्ञ कार्यदलको सिफारिसलाई बेवास्ता गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी विवादास्पद निर्णय गरेको भन्दै प्रदर्शन शुक्रबार पनि जारी राखेका छन् । देशभरिका ४० वटा अस्पताल तथा शिक्षण संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सामूहिक र संस्थागत रूपमा ऐक्यबद्धता जनाउँदै बुधबार दिउँसोदेखि प्रदर्शन सुरु भएको हो ।
आवासीय चिकित्सकहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् । आवासीय चिकित्सकको मासिक भत्ता पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ तोकिएको छ । यो निर्णय तत्काल कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइने भनिएको छ । तर, आवासीय चिकित्सकले यो रकम स्वीकार्य नभएको भन्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
_kWa7X8sXdz.jpg)
_4hmZ90v0h3.jpg)
_mRpMxpCD8C.jpg)
_LS7t5MmRg0.jpg)
_XYZxxKtHKT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण