नागरिक उन्मुक्तिको प्रश्न : बाँके, बर्दिया टुक्राउन संविधान संशोधन गर्न लागेको हो ?
काठमाडौँ । नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरीले संविधान संशोधन जनताको पक्षमा हुन्छ कि हुँदैन भनेर झस्किएको बताएका छन् । उनले कतै साना दललाई अझ कमजोर बनाउन त संविधान संशोधन गर्न लागिएको होइन भनेर प्रश्न समेत गरे । शुक्रवारको प्रतिनिधिसभा बैठकमा उनले केही अध्यादेश र संविधान संशोधनबारे ठुला दलका नेताको बाँके बर्दिया टुक्राउने अभिव्यक्तिबाट झस्कनुपरेको बताए ।
नागरिक उन्मुक्तिको प्रश्न ः बाँके, बर्दिया टुक्राउन संविधान संशोधन गर्न लागेको हो ? ‘जिल्ला टुक्राउन त संविधान संशोधन हुँदैन ? यो भने नाउपा आन्दोलनमा उत्रन बाध्य हुन्छ’, उनले भने– ‘बाँके बर्दिया टुक्राएर थारु, मधेसी र मुस्लिमलाई कमजोर बनाउने षडयन्त्र हुँदैछ ।’
उनले अरू अध्यादेशलाई सकारात्मक रूपमा लिन सकिने भए पनि भूमि सम्बन्धी अध्यादेश स्वीकार गर्न नसकिने बताए । ‘अरू अध्यादेशलाई सकारात्मक रूपमा लिन सकिए पनि भूमिसम्बन्धी अध्यादेशमा हाम्रो नागरिक उन्मुक्ति पार्टीको रिजर्भेसन छ’, चौधरीले भने– ‘हामी थारुहरू भूमि पुत्र हौँ । २०२१ सालको ऐनले हामीलाई जमिनदारबाट कमैया बनायो ।’
उनले जान्ने सुन्नेले कम्पनी खोलेर जग्गा जोगाए पनि आफूहरू त्यसबेला पढ्न लेख्न नसक्ने अवस्थामा रहेकाले कम्पनी खोल्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण