सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणका लागि नभई प्रभावकारी नियमनका लागि हो : महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभई प्रभावकारी नियमनका लागि भएको बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले सञ्चारमाध्यमहरूले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा नमिलेको बताए । उनले सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी नभई नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको बताए । प्रभावकारी नियमनका लागि कानुनी प्रबन्धहरू जरुरी रहेकाले विधेयक ल्याइएको बताए ।
उनले भने, ‘मिडियाको वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा मिलेको छैन । सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी होइन, नियमन गर्न, अनुशासनको दायरामा राख्नको लागि यि विधेयकहरू ल्याएको छ । संसदमा छलफल चलाएको छ ।’
प्रमुख सचेतक बर्तौलाले विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिनसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
-
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु
-
संसद्को कारबाही जबरजस्ती अगाडि बढाउन खोजियो : अध्यक्ष लिङ्देन
-
संसद् बैठक : राप्रपाको बहिस्कार, रास्वपाको नाराबाजी
-
राना थारू समुदायबाट पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल कोर्ट पुगेका अशोक