सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणका लागि नभई प्रभावकारी नियमनका लागि हो : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभई प्रभावकारी नियमनका लागि भएको बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले सञ्चारमाध्यमहरूले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा नमिलेको बताए । उनले सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी नभई नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको बताए । प्रभावकारी नियमनका लागि कानुनी प्रबन्धहरू जरुरी रहेकाले विधेयक ल्याइएको बताए ।
उनले भने, ‘मिडियाको वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा मिलेको छैन । सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी होइन, नियमन गर्न, अनुशासनको दायरामा राख्नको लागि यि विधेयकहरू ल्याएको छ । संसदमा छलफल चलाएको छ ।’
प्रमुख सचेतक बर्तौलाले विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिनसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण