त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
नेपालले आज थाइल्यान्डसँग खेल्दै
शनिबार, १९ माघ २०८१, ०७ : ५४
काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ ।
खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्यान्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।
बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने शुक्रबार थाइल्यान्डले नेदरल्याण्ड्सलाई हराएको थियो ।
शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३/३ खेल खेल्ने छन् । नेपालले माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्यान्डसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण