६ महिनामा १० करोड बराबरको अचार १० मुलुकमा निर्यात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा करिब १० करोड बराबरको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्ममा ९ करोड ८५ लाख ८१ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ ।
यस अवधिमा सो मूल्य बराबरको १ लाख १३ हजार ३३७ किलो अचार निर्यात भएको विभाको तथ्यांकमा उल्लेख छ । गत वर्षको यसै अवधिमा ६ करोड ७० लाख ९५ हजार रुपैयाँको ८५ हजार २६५ किलो अचार निर्यात भएको थियो ।
गत वर्षको तुलनामा अचार ३ करोडभन्दा बढीले निर्यात बढेको हो । चालु वर्षमा १० वटा मुलुकमा अचार निर्यात भएको छ । जसमध्ये ३ करोड ७ लाख ७३ हजार रुपैयाँको ३६३२८ किलो अचार अष्ट्रेलियमा निर्यात भएको छ ।
यसैगरी २ करोड ५ लाख १६ हजार रुपैयाँको अमेरिकामा,१ करोड ६४ लाख ४० रुपैयाँको इटालीमा निर्यात भएको छ । यसैगरी ७६ लाख ९८ हजार रुपैयाँको दक्षिण कोरिया,६९ लाख ४६ हजार रुपैयाँको जापान ६४ लाख ८६ हजार रुपैयाँको बेल्जियम, ४० लाख ८८ हजार रुपैयाँको क्यानडा २० लाख ८ हजार रुपैयाँको वेलायत, १९ लाख २९ हजारको मलेसिया १६ लाख ९६ हजार रुपैयाँको डेनमार्कमा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण