डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार
ठूलीभेरी । सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।
यही माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुगेकी विकलाई आज बिहान जिल्ला अस्पताल डोल्पामा पुर्याइएको थियो । गम्भीर अवस्थामा आज अस्पताल आएकी विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको जिल्ला अस्पतालका चिकित्सा शाखाप्रमुख डा अखण्ड उपाध्यायले जानकारी दिए ।
ठूलीभेरी–१० रहगाउँ जिल्ला अस्पतालको नजिकको दूरीमा पर्ने गाउँ भए पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतनाको कमी हुँदा महिलाको अकालमा ज्यान जाने जोखिम रहेको उनले बताए ।
गर्भवतीले नियमित स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउने र अन्तिम अवस्थामा मात्र अस्पतालमा ल्याउने प्रवृत्तिले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा.उपाध्यायले उल्लेख गरे । बालविवाह, सानै उमेरमा गर्भवती हुने, उचित पोषणको कमीलगायत कारणले पनि महिलाको स्वास्थ्य अवस्था कमजोर हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण