नागा चैतन्यसँग सम्बन्ध विच्छेदपछि यी निर्देशकसँग डेट गर्दैछिन् सामन्था ?
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले पछिल्लो समय ‘सिटाडेलः हनी बनी’का निर्देशक राज निदिमोरुसँग डेट गरिरहेको हल्ला चलिरहेको छ ।
उनीहरूको डेटिङको हल्लाबिच सामन्थाले हालै पिकलबल प्रतियोगिताका कयौँ तस्बिर शेयर गरेकी थिइन् । तस्बिरमा राज निदिमोरु पनि सँगै थिए । एउटा तस्बिरमा अभिनेत्रीले निर्देशकको हात समातेको देखिएको छ ।
सामन्थाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा वर्ल्ड पिकलबल लिग खेलका कयौँ तस्बिर सेयर गरेकी छिन् । सामन्था पिकलबल टिम चेन्नई सुपर च्याम्प्सकी मालिक हुन् । एउटा तस्बिरमा उनी राजसँग हिँडिरहेको देखिन्छ । दोस्रो तस्बिरमा उनी आफ्नो टोलीको लागि ठुलो स्वरमा ‘चियर’ गर्दै छिन् । अर्को सामूहिक तस्बिर पनि छ, यसमा अभिनेत्री टिमका सबैसँग पोज दिइरहेको छिन् ।
अनि अर्को तस्बिरमा उनले राज निदिमोरुको हात समातेर बसेकी छिन् । यी तस्बिर हेरेपछि फ्यानहरूले यी दुई एकअर्कालाई डेट गरिरहेको अनुमान गरिरहेका छन् । यी तस्बिर सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेका छन् । केहीले यी दुईको डेटिङको शंका गरेका छन् । तर आधिकारिक रूपमा सामन्था र राजले केही पनि भनेका छैनन ।
को हुन् राज निदिमोरु ?
राज निदिमोरु द फेमिली म्यान, फर्जी, सिटाडेलः हनी बन्नी, गन्स एन रोजेज आदि वेब सिरिजका निर्देशक हुन् । सामन्थाले द फेमिली म्यान २ र सिटाडेलः हनी बन्नीमा काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण