वामदेव गौतमले भने– समाजवाद निर्माणको जिम्मेवारी दिनुहोस्, ल्याउन नसके मृत्युदण्डका लागि तयार छु

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गौतमले समाजवाद ल्याउन नसकेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताए । उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए ।
गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथमा लिनु राम्रो हुने बताएका छन् । अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उनले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए । उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्ने बताए ।
गौतमले संविधानबमोजिम के कति सङ्ख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए । उनले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताए ।
उनले भने, ‘अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक थाहा छ । अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्छ ।’
गौतमले खिचडी राजनीतिलाई बहिष्कार गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई