त्रिकोणात्मक शृङ्खला : नाटकीय पतनपछि नेपालको लगातार तेस्रो हार
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो ।
पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । त्यसपछि दोस्रो खेलमा थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २५ रन मात्र बनाउन सक्यो ।
नेपालले खेलमा राम्रो सुरुवात गरेको थियो । ममता चौधरी र सम्झना खड्काले पहिलो विकेटका लागि ३१ रन जोडे । पहिलो विकेटका रूपमा चौधरी ७ रन बनाउँदै पभेलियन फर्किइन् । लगत्तै खड्का पनि २३ रन बनाएर बोल्ड भइन् । उनले २५ बलको सामना गर्दै ४ चौका प्रहार गरिन् ।
त्यसपछि पूजा महतो र कप्तान इन्दु वर्माले नेपालको इनिङ्स सम्हाले । पूजा १८ बलमा १८ रन बनाउँदै आउट भइन् । त्यसपछि कविता जोशीले कप्तानलाई साथ दिइन् । कविता १५ बलमा १४ रन जोडेर पभिलियन फर्कन बाध्य भइन् । यति बेलासम्म नेपालले ४ विकेटको क्षतिमा १ सय रन बनाएको थियो ।
त्यसपछि भने नेपालले लगातार विकेट गुमायो । रुविना क्षेत्री र विन्दु रावलले खाता नै खोल्न सकेनन् भने कप्तान वर्मा पनि ३२ बलमा ३० रन जोडेर आउट हुन पुगिन् । उनले १ छक्का प्रहार गरिन् ।
अलिषा यादव पनि ५ रन बनाएर आउट भइन् । सीता राना मगरले १० रन जोडिन् ।
नेदरल्याण्ड्सका लागि आईरिस जीविलिङ, हेदर साइगर्स र क्यारोलिन डी लांगेले २–२ विकेट हात पारे । इभा लिन्च र इसाबेल भान डर वोनिङले १–१ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन बनाएको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेटे डी लिडेले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ३८ बलमा ४१ रन जोडिन् । यस क्रममा उनले ४ चौका र १ छक्का प्रहार गरिन् ।
त्यस्तै, हेदर साइगर्सले २३ बलमा २६ रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । फेबे मोल्केनबोर र रोबिन राइकले २१–२१ रन बनाए ।
नेपालका लागि सीता रानामगरले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । उनले ३ ओभरमा मात्र १२ रन खर्चिइन् । मनीषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु वर्माले १–१ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण