बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित
आइतबार, २० माघ २०८१, १६ : ०३
ताप्लेजुङ । ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वी नेपालका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समिति लगायतले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो ।
बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबिच झापाको दमकमा झडप भएको थियो । सो क्रममा केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सुचारु गर्ने प्रयास गरिएको छ । विभिन्न माग राख्दै संघर्ष समितिले यही माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण