विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो
वासिङ्टन डिसी । अमेरिकामा आकाशमै विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म ५५ जनाको शव निकालिएको छ । बुधबार वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थल नजिक पोटोम्याक नदी आसपासको क्षेत्रमा ठुलो दुर्घटना भएको थियो ।
यसलाई २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाहरू मध्ये एक भनिएको छ ।
दुर्घटनामा मृत्यु भएका थप यात्रुको शव खोज्न गोताखोरहरू अझै पनि लागिरहेको वासिङ्टन डिसी अग्नि तथा आपत्कालीन चिकित्सा सेवा (ईएमएस)का प्रमुख जोन डोनेलीले बताए । उद्धारकर्मीहरूले चाँडै नै पोटोम्याक नदीबाट भग्नावशेष हटाउने तयारी गरिरहेका छन् । विमानका बाँकी भागहरू ट्रकमा लोड गरेर अनुसन्धानको लागि ह्याङ्गर (विमान राख्ने ठाउँ)मा लगिनेछ ।
बुधबार अमेरिकन एयरलाइन्सको विमान र सैन्य ब्ल्याक हक हेलिकप्टर ठोक्किएको ठाउँमा धेरै मानिसहरू बसबाट आएका थिए । संघीय अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । यस्तै उद्धार टोलीहरूले विमानका टुक्राटाक्री निकालिरहेका छन् । उक्त जहाज दुर्घटनामा ६७ जनाको मृत्यु भएको भनिएपनि हालसम्म ५५ जनाको शव फेला परेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण