विमान दुर्घटनाका ६७ मध्ये ५५ जनाको शव भेटियो

वासिङ्टन डिसी । अमेरिकामा आकाशमै विमान र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म ५५ जनाको शव निकालिएको छ । बुधबार वासिङ्टन डिसी नजिकै रेगन राष्ट्रिय विमानस्थल नजिक पोटोम्याक नदी आसपासको क्षेत्रमा ठुलो दुर्घटना भएको थियो ।
यसलाई २००१ पछि अमेरिकामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाहरू मध्ये एक भनिएको छ ।
दुर्घटनामा मृत्यु भएका थप यात्रुको शव खोज्न गोताखोरहरू अझै पनि लागिरहेको वासिङ्टन डिसी अग्नि तथा आपत्कालीन चिकित्सा सेवा (ईएमएस)का प्रमुख जोन डोनेलीले बताए । उद्धारकर्मीहरूले चाँडै नै पोटोम्याक नदीबाट भग्नावशेष हटाउने तयारी गरिरहेका छन् । विमानका बाँकी भागहरू ट्रकमा लोड गरेर अनुसन्धानको लागि ह्याङ्गर (विमान राख्ने ठाउँ)मा लगिनेछ ।
बुधबार अमेरिकन एयरलाइन्सको विमान र सैन्य ब्ल्याक हक हेलिकप्टर ठोक्किएको ठाउँमा धेरै मानिसहरू बसबाट आएका थिए । संघीय अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । यस्तै उद्धार टोलीहरूले विमानका टुक्राटाक्री निकालिरहेका छन् । उक्त जहाज दुर्घटनामा ६७ जनाको मृत्यु भएको भनिएपनि हालसम्म ५५ जनाको शव फेला परेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अढाई दशकपछि नक्सालको हिटीमा फर्किएकाे पानीको प्रवाह (तस्बिरहरू)
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति