मस्कले यूएसएडलाई किन भने ‘आपराधिक सङ्गठन’ ?
वासिङटन डीसी । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ‘यूएसएड’ का दुई शीर्ष सुरक्षा अधिकारीलाई प्रशासनिक बिदामा राखिएको छ । एलन मस्कको सरकारी दक्षता विभाग (डज) लाई नियोगको प्रणालीमा पहुँच दिन अस्वीकार गरेपछि शनिवार रातिदेखि उनीहरूलाई छुट्टी दिइएको भन्दै सीएनएनले समाचार छापेको हो ।
उनीहरूको यस कार्यपछि डजका कर्मचारीहरूले कानुन कार्यान्वयन गराउने निकायलाई बोलाउने चेतावनी दिएका थिए । स्रोतका अनुसार मस्कको कार्यालयका कर्मचारीहरू वासिङ्टन डीसीस्थित यूएसएडको मुख्यालयमा गएका थिए ।
तर त्यहाँ उनीहरूलाई भित्र जान दिइएन । त्यसपछि डजका कर्मचारीले आफूलाई भित्र जान दिने होइन भने यूएस मार्सल बोलाएर भए पनि भित्र जान्छु भन्दै धम्की दिएका थिए । डजका कर्मचारीहरूले त्यहाँ यूएस एडको सुरक्षा प्रणाली र कर्मचारीका फाइलहरू हेर्न खोजेको स्रोतहरूले बताएका छन् ।
उनीहरूले वर्गीकृत सूचना चाहेको र ती सूचना सुरक्षा पास भएकाहरूले मात्रै पाउने स्रोतको भनाइ थियो । पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कको डजलाई वित्तीय भुक्तानीमा रोक लगाउन सक्ने सम्मको शक्ति दिएका छन् ।
यस घटनापछि मस्कले यूएसएडलाई आपराधिक सङ्गठन भनेका थिए । आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कले ‘यूएसएड एउटा आपराधिक सङ्गठन हो, यो सिद्धिने समय आएको छ’ भन्दै पोस्ट गरेका थिए ।
ट्रम्पले यूएसएडलाई खारेज गर्ने आसय राखेका छन् । यही बिचमा मस्कको यो अभिव्यक्ति आएको हो । जनवरी २० मा राष्ट्रपतिको शपथ ग्रहण गरे लगत्तै ट्रम्पले विदेशी सहायता ९० दिनसम्मका लागि रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण