मड्रिड डर्बी र सिटीविरुद्धको खेलअघि रियललाई झट्का
मड्रिड । रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगर चोटग्रस्त बनेका छन् । शनिबार एस्पानियोलविरुद्ध ०–१ गोलअन्तरले हार बेहोर्ने क्रममा रुडिगरको ह्यामस्ट्रिङमा चोट लागेको हो ।
उनी खेलको १५ औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । टोलीले उनी कति समय मैदान बाहिर रहनेछन् भन्ने जानकारी दिएको छैन ।
स्पेनिस पत्रिका डियारियो एएसका अनुसार रुडिगर कम्तीमा १७ दिन बाहिर रहनेछन् । उनले कोपा डेल रेमा लेगानेसविरुद्धको क्वार्टरफाइनल खेल, ला लिगामा एट्लेटिको मड्रिडविरुद्धको खेल र च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको पहिलो प्लेअफ गुमाउने बताइएको छ ।
रियलले एक वक्तव्य जारी गर्दै उनको दाहिने खुट्टाको बाइसेप फिमोरिसमा चोट लागेको जानकारी दिएको छ । उनको प्रगतिको अनुगमन गरिने क्लबको भनाई छ ।
रियल बुधबार लेगानेसविरुद्ध खेल्नेछ भने शनिबार मड्रिड डर्बीमा एट्लेटिको स्वागत गर्नेछ । च्याम्पियन्स लिगमा सिटीविरुद्धको खेलका लागि टोली फेब्रुअरी ११ मा इंग्ल्याण्ड पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण