काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका ७ जना आवेदनकर्ताले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका सात जनाले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । उपकुलपति छनौटको विषयमा विवादमा पर्दै गइरहेको बेला आवेदनकर्ताहरूले नै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
प्रधानमन्त्रीलाई नै भेटेर ज्ञापन पत्र बुझाउने मनसाय बनाएका आवेदनकर्ताहरूले प्रधानमन्त्रीलाई भेट्न नसकेपछि प्रधानमन्त्री कार्यालयमा दर्ता गराएका आएका हुन् । उपकुलपति खोज तथा सिफारिस समितिका कारण आफुहरू सशङ्कित बनेको भन्दै सात जना आवेदनकर्ताले कुलपतिलाई ज्ञापन पत्र बुझाएका हुन् ।
विश्वविद्यालयका संस्थापक तथा पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले रिक्त रहेको उपकुलपतिको पदका लागि दरखास्त आह्वान गरेको थियो । सोही अनुसार पहिलो चरणमा १७ जनाले आवेदन दिएका थिए । तीमध्ये १६ जनाको आवेदन स्वीकृति भएको थियो ।
समितिले हाल दोस्रो पटक म्याद थप गरेर पुनः आवेदन आह्वान गरेको छ । ती आवेदनकर्ताहरूले समिति संयोजक शर्माको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । संयोजक शर्माका कारण समितिले गर्ने छनोट तथा सिफारिसको निष्पक्षतामाथि नै उनीहरूले प्रश्न उठाएका छन् ।
सिफारिस समितिले कार्यविधिमा विभिन्न खालका संशोधन गरेको छ । आवेदन दिएकामध्ये दुई जना समिति संयोजक शर्माका भान्जा समेत परेका छन् । कार्यविधिमा नातेदारको आवेदन परेको खण्डमा समिति सदस्य हुन नपाउने भन्ने थियो । तर, पछि कार्यविधिमा नै संशोधन गरेर त्यो व्यवस्था हटाइएको थियो ।
ज्ञापन पत्र बुझाउनेहरूले समिति संयोजकका दुई जना भान्जाहरू आवेदक भइरहँदा पनि प्रारम्भिक आवेदनको छनौटमा परेपछि समितिले कार्यविधिका परिधिमा रही काम नगरेको देखिएको बताएका छन् ।
काठमाडौँ विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ का परिच्छेद ५ को दफा ५.४ खण्ड (ट) मा व्यवस्था भए बमोजिम कार्य जिम्मेवारी सुम्पने नियमित प्रक्रियालाई प्रभाव पार्ने मनसायले छनोट समितिका संयोजकले पदावधि समाप्त भएका र पुनः उपकुलपतिका लागि उम्मेदवारी दिएका पूर्व उपकुलपति प्राडा भोला थापालाई नै कार्यवाहक उपकुलपति बनाउन खोजेका थिए । त्यसका लागि प्रधानमन्त्री तथा कुलपतिलाई पत्र नै पठाएका थिए । पछि कुलपतिले रजिस्ट्रार अच्युतप्रसाद वाग्लेलाई कार्यवाहक उपकुलपति तोकेका थिए ।
विश्वविद्यालयको स्पष्ट विधि विधान रहेको अवस्थामा अर्को व्यक्तिलाई कार्यवाहक जिम्मेवारीका लागि सिफारिस गर्नुले संयोजकको निष्पक्षता र पारदर्शितामाथि विश्वास गर्ने आधार नरहेको उनीहरूको भनाइ छ ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समिति विभिन्न विवादमा फस्दै गएको देखिन्छ । विश्वविद्यालयका सरोकारवाला निकायहरूले भने यसअघि देखि नै संयोजक शर्माको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएका थिए । तर, अहिले आवेदनकर्ताहरूले समेत प्रश्न उठाउँदै आवश्यक कारबाहीका लागि कुलपति नै गुहारेका हुन् ।
_VfZeUu3w1F.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण