सुर्खेतमा ‘ग्याङ फाइट’ : खुकुरी प्रहार हुँदा दुईजना घाइते
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिकै ‘ग्याङ फाइट’ भएको छ । सोमबार भएको ‘ग्याङ फाइट’मा दुईजना घाइते भएका छन् ।
जसमा वीरेन्द्रनगर नगरपालिका–३ तातापानीका प्रकाश बुढा, मिलन रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए ।
उनका अनुसार दिपकजंग बुढा लगायतको टोलीले प्रकाशमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट प्रकाश घाइते हुनुका साथै दिपकजंग पक्षका मिलन पनि घाइते भएको उनले बताए । ‘ग्याङ फाइट’ भइरहेको सूचना आएपछि प्रहरी त्यहाँ पुगेको थियो, प्रकाशको टाउकोमा खुकुरी प्रहार भएको रहेछ,’ डाँगीले भने, ‘ दिपकजंग पक्षका मिलनलाई पनि चोट लागेको छ ।’ घाइतेहरूको उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ ।
दिपकजंग लगायतलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको डाँगीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण