बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूबिच प्रदेशसभा सञ्चालनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने तय गरिएको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मंगलबार अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन्। प्रदेशसभाको माघ २३ गते बिहान ११ बजे बस्ने बैठकको कार्यक्रम र सत्तापक्ष र प्रतिपक्ष दल बिचको विवाद समाधानका लागि बैठक आह्वान गरिएको उनले बताए ।
प्रदेश सरकारले ल्याएका विभिन्न ४ वटा विधेयकलाई दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाएर पारित गर्नुपर्ने भएपनि संसदको कार्यक्रम अघि बढ्न सकेको छैन । दलहरू बिच सहमतिको वातावरण तयार गर्न सर्वदलीय बैठक आयोजना गरिएको सभामुख पाठकले बताए ।
प्रदेशसभाको गत माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा संसदमा पेश गर्न तयार गरिएको विधेयक सम्बन्धी कार्यसूची हटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो