४० औँ जन्मदिन मनाउन लागेका रोनाल्डोको गोल वर्षा जारी
रियाद । ४० औँ जन्मदिन मनाउन लागेका क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल नासरले एसियन च्याम्पियन्स लिगमा अल वासलमाथि शानदार जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा अल नासर ४–० गोलले विजयी बन्यो ।
बुधबार ४० वर्ष पुग्न लागेका रोनाल्डोको क्लब करियरमा यो ७ सयौँ जित पनि थियो । सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर साउदी क्लब पुगेका रोनाल्डोले क्लबसँग हासिल गरेको यो ६६ औँ जित थियो ।
उनले सन् २००२ को अगस्तमा आफ्नो व्यावसायिक फुटबल करियर सुरुवात गरेका थिए । स्पोर्टिङ सीपीसँग १३ खेल जितेका उनी सन् २००३ मा युनाइटेड पुगेका थिए । त्यहाँ दुई स्पेलमा उनले २१४ वटा खेल जिते । ३४६ खेलमा उनले १४५ गोल गर्न सफल भए ।
उनले सबैभन्दा धेरै सफलता रियल मड्रिडमा हात पारेका थिए । त्यहाँ ३१५ खेलमा जितेका रोनाल्डोले ४ वटा च्याम्पियन्स लिग ट्रफीसहित १५ वटा उपाधि जितेका थिए । युभेन्टसमा तीन सिजन बिताउँदा उनले ९२ खेलमा जित हात पारे ।
इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सीले आफ्नो क्लब करियरमा हालसम्म ६१३ जित हासिल गरेका छन् । यसमध्ये ५४२ खेल उनले बार्सिलोनासँग जितेका थिए ।
अल नासरका कप्तानले सोमबारको खेलमा दुई गोल गरे । पहिलो हाफको अन्त्यमा पेनाल्टीमार्फत गोल गरेका उनले दोस्रो हाफको ७८ औँ मिनेटमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
योसँगै रोनाल्डोको करियरमा गोलको संख्या ९२३ पुगेको छ । पोर्चुगलका कप्तानले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १३५ गोल पनि गरेका छन् । टोलीका लागि अन्य गोल अलि अलहसान र मोहम्मद अल फातिलले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण