४० औँ जन्मदिन मनाउन लागेका रोनाल्डोको गोल वर्षा जारी

रियाद । ४० औँ जन्मदिन मनाउन लागेका क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल नासरले एसियन च्याम्पियन्स लिगमा अल वासलमाथि शानदार जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा अल नासर ४–० गोलले विजयी बन्यो ।
बुधबार ४० वर्ष पुग्न लागेका रोनाल्डोको क्लब करियरमा यो ७ सयौँ जित पनि थियो । सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर साउदी क्लब पुगेका रोनाल्डोले क्लबसँग हासिल गरेको यो ६६ औँ जित थियो ।
उनले सन् २००२ को अगस्तमा आफ्नो व्यावसायिक फुटबल करियर सुरुवात गरेका थिए । स्पोर्टिङ सीपीसँग १३ खेल जितेका उनी सन् २००३ मा युनाइटेड पुगेका थिए । त्यहाँ दुई स्पेलमा उनले २१४ वटा खेल जिते । ३४६ खेलमा उनले १४५ गोल गर्न सफल भए ।
उनले सबैभन्दा धेरै सफलता रियल मड्रिडमा हात पारेका थिए । त्यहाँ ३१५ खेलमा जितेका रोनाल्डोले ४ वटा च्याम्पियन्स लिग ट्रफीसहित १५ वटा उपाधि जितेका थिए । युभेन्टसमा तीन सिजन बिताउँदा उनले ९२ खेलमा जित हात पारे ।
इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सीले आफ्नो क्लब करियरमा हालसम्म ६१३ जित हासिल गरेका छन् । यसमध्ये ५४२ खेल उनले बार्सिलोनासँग जितेका थिए ।
अल नासरका कप्तानले सोमबारको खेलमा दुई गोल गरे । पहिलो हाफको अन्त्यमा पेनाल्टीमार्फत गोल गरेका उनले दोस्रो हाफको ७८ औँ मिनेटमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
योसँगै रोनाल्डोको करियरमा गोलको संख्या ९२३ पुगेको छ । पोर्चुगलका कप्तानले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १३५ गोल पनि गरेका छन् । टोलीका लागि अन्य गोल अलि अलहसान र मोहम्मद अल फातिलले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति